काठमाडौँ- काठमाडौँको बानेश्वरमा सुकुमबासीले व्यवस्थित बसोबास अधिकार माग गर्दै प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले सरकारलाई दबाब दिन र्यालीसहितको प्रदर्शन गरेको हो। पछिल्लो समय काठमाडौँको थापाथलीलगायतका ठाउँमा रहेका सुकुमबासी बस्तीमा काठमाडौँ महानगरले डोजर चलाएपछि लालपूर्जासहितको भूमिको माग गर्दै सुकुमबासीहरू आन्दोलित छन्।
आज शुक्रबार सकुम्बासीहरूको र्याली माइतीघरबाट सुरु भएर बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरूले भू-स्वामित्वसहितको लालपूर्जा वितरण गर, भूमि अभियान्तामाथि लागेको मुद्दा निशर्त फिर्ता गरलगायत लेखिएको प्लेकार्ड बोकेर र्याली निकालेका थिए।








प्रकाशित: १३ माघ २०७९ १३:५६ | Friday, January 27, 2023
प्रतिक्रिया





