बत्तीसपुतलीमा शेखर समूहको बैठक, अबको रणनीति कस्तो?

हिमाल प्रेस ८ माघ २०७९ १०:१२ | Sunday, January 22, 2023
बत्तीसपुतलीमा शेखर समूहको बैठक, अबको रणनीति कस्तो?

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बत्तीसपुतलस्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ। बैठकमा सामसामयिक राजनीतिक विषय र भावी रणनीति चयन गरिने एक नेताले जानकारी दिए।

उनका अनुसार माघ १५ देखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदा कांग्रेस संस्थापनइतर समूहका नेताहरू बोलेका थिएनन्। केहीले विश्वासको मत दिनुहुन्न भने पनि खरो रूपमा भने उत्रन सकेनन्।

अब यो समूहले कस्तो रणनीति तय गर्ने हो त्यो भने हेर्न बाँकी नै छ। अहिले सबैको ध्यान राष्ट्रपति पदमा रहेका बेला कांग्रेस कसरी अगाडि बढ्ने भन्ने पनि टुंगो छैन।

प्रकाशित: ८ माघ २०७९ १०:१२ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast