बजेटको अर्धवार्षिक समीक्षाका लागि समिति गठन

हिमाल प्रेस १३ माघ २०७९ १६:४६ | Friday, January 27, 2023
बजेटको अर्धवार्षिक समीक्षाका लागि समिति गठन

काठमाडौँ– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष ०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको छ। बजेट समीक्षाका लागि मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरेको हो।

बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा बनेको समितिमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट एक/एक जना प्रतिनिधि, अर्थ मन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य छन्।

समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले चालु आवको बजेटको समीक्षा गर्नेछ। चालु आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयनमा छ।

गत आर्थिक वर्ष ०७८/७९ मा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा पछि समीक्षा गर्दै १५ खर्ब ४६ अर्ब २८ करोडमा झारिएको थियो।

प्रकाशित: १३ माघ २०७९ १६:४६ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast