फोर्स बदलीका लागि शान्ति सेनाको टोली लेबनान प्रस्थान

हिमाल प्रेस ३० पुष २०७९ २१:१८ | Saturday, January 14, 2023
फोर्स बदलीका लागि शान्ति सेनाको टोली लेबनान प्रस्थान

काठमाडौँ– नेपाली सेनाको शान्ति सेनाको टोली लेबनानमा तैनाथ सैनिक फोर्सका लागि शनिबार (आज) उक्त क्षेत्रतर्फ प्रस्तान गरेको छ।

शनिबार प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको नेतृत्वमा युनाइटेड नेशन इन्टर्म फोर्स लेबनानमा तैनाथ गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फालाई बदली गर्न पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फाको पहिलो टोलीका २ सय १३ जना शान्ति सैनिकहरू नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँबाट मिशन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।

उक्त टोलीलाई सैनिक सचिव सहायक रथी श्री गौरव कुमार केसीले शुक्रबार आयोजित एक समारोहमा बिदाइ गरेका थिए।

उक्त मिशनमा तैनाथ श्री गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फाको पहिलो टोलीका २ सय १४ जना शान्ति सैनिकहरू सेनानी ईन्द्रभक्त महर्जनको नेतृत्वमा शनिबार नै सोही विमानमार्फत नेपाल आउने सेनाले जनाएको छ।

प्रकाशित: ३० पुष २०७९ २१:१८ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast