फेरि स्थगित भयो कांग्रेसको कार्यसमिति बैठक

हिमाल प्रेस १२ माघ २०७९ १३:३५ | Thursday, January 26, 2023
फेरि स्थगित भयो कांग्रेसको कार्यसमिति बैठक

काठमाडौँ- कांग्रेसको कार्यसमिति बैठक फेरि स्थगित भएको छ। माघ १५ गतेका लागि तोकिएको कार्यसमिति बैठक विशेष कारणवश भन्दै स्थगित गरिएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। यसअघि पनि पटकपटक कार्यसमिति बैठक आह्वान गरिएको थियो। तर, अहिलेसम्म बस्न भने सकेको छैन।

यसबीचमा तीन पटक बैठक सरेको छ। यसअघि पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक तोकिएको थियो। त्यतिबेला पनि विशेष कारणवश भन्दै पुस २८ गते सारिएको थियो। त्यसपछि फेरि माघ १५ गतेका लागि बैठक तोकिएको थियो। अहिले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो।

प्रकाशित: १२ माघ २०७९ १३:३५ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast