 
                             
                                            काठमाडौँ- आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारमा लागेको खर्च कीर्तिपुर अस्पतालले नलिने भएको छ। कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गर्दै सहयोगस्वरुप सबै खर्च मिनाहा गर्ने भएको छ।
अस्पतालले उपचारका क्रममा आज बिहान छ बजे निधन भएको विज्ञप्तिमा जनाएको छ। गम्भीर अवस्थामा मंगलबार अपरान्ह ३ बजे उपचारका लागि अस्पतालका पुर्याइएको थियो। उनले हिजो दिउँसो संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए।

                            प्रकाशित: ११ माघ  २०७९ १३:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 