‘प्रसाद २’ को छायांकन सकियो, प्रदर्शन मिति तय

हिमाल प्रेस १ माघ २०७९ १०:४१ | Sunday, January 15, 2023
‘प्रसाद २’ को छायांकन सकियो, प्रदर्शन मिति तय

काठमाडौँ- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायांकन भइरहेको फिल्म ‘प्रसाद २’ को छायांकन सकिएको छ।

एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायांकन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ। कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायांकन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ।

फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए। एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन थापासमेत निर्माता छन्।

सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय छ । यो फिल्म ‘प्रसाद’ को दोस्रो भाग हो ।

यसमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत, उत्तम न्यौपानेको ध्वनि मुद्रण, पत्रकार सुशील पौडेलको लेखन छ। फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका छन्।

प्रकाशित: १ माघ २०७९ १०:४१ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast