प्रभु बैंकको सीईओमा शेरचन नियुक्त

हिमाल प्रेस १३ माघ २०७९ १३:४६ | Friday, January 27, 2023
प्रभु बैंकको सीईओमा शेरचन नियुक्त

काठमाडौँ- प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि दुई कार्यकाल बैंकको सीईओ भइसकेका शेरचन तेस्रो पटक नियुक्त भएका हुन्।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार लगातार सोही बैंकमा तेस्रो कार्यकालका लागि नियुक्त हुन पाइँदैन। तर प्रुभ बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक सीईओ बन्ने अवसर पाए।

शेरचनले सन् १९९५ मा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए।

उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालीन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बनेको प्रभु विकास बैंकको सीईओ पनि शेरचन नै भएका थिए।

प्रभुले जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन लगातार बैंकको सीईओ बनेका थिए।

प्रकाशित: १३ माघ २०७९ १३:४६ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast