प्रधान सेनापति खुला म्याराथन माघको अन्तिम साता

हिमाल प्रेस ५ माघ २०७९ १९:२४ | Thursday, January 19, 2023
प्रधान सेनापति खुला म्याराथन माघको अन्तिम साता

काठमाडौँ– नेपाली सेनाले महाशिवरात्री र आफ्नो सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता गर्ने जनाएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो।

प्रतियोगितामा खुला पुरुषतर्फ मात्र म्याराथन आयोजना हुनेछ। हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको छ। यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ।

म्याराथनको विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्ने सबैले नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा सहभागिता हुन निःशुल्क तर्दा फराम भर्न पाउनेछन्।

यसै कार्यक्रमकाबीच आर्मीको महिला तथा पुरुष भलिबल टोलीलाई एभरेष्ट बैंकले खेलकुद पोशाक प्रायोजनाका लागि सम्झौता गरेको छ। आर्मीको तर्फबाट केन्द्रपति महासेनानी मुना बस्नेत र एभरेष्ट बैकका नायव महाप्रवन्धक सन्तोषकुमार भट्टराईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापश्चात बैंकले भलिबल टोलीलाई १० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो। उक्त रकम आर्मीको भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाएको छ।

प्रकाशित: ५ माघ २०७९ १९:२४ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast