प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

हिमाल प्रेस ३० पुष २०७९ १८:४४ | Saturday, January 14, 2023
प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बताइएको छ। मन्त्रिपरिषद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्री र एक राज्यमन्त्रीको दाबी गर्दै आएको छ।

प्रधानमन्त्री प्रचण्डले सत्तासाझेदार सबै दलहरूसँग सहमति गरेरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताउँदै आएका छन्। मन्त्रिपरिषद् विस्तारकै लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शुक्रबार राति प्रचण्ड र ओलीले छलफल गरेका थिए।

प्रकाशित: ३० पुष २०७९ १८:४४ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast