प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

हिमाल प्रेस २७ पुष २०७९ ७:३७ | Wednesday, January 11, 2023
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्। खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए। उनले मंगलबार (हिजो) संसद्मा विश्वासको मत पाएका थिए ।

यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन्।

गोरखा नगरपालिका ६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जान लागेका हुन्। सो अवसरमा नेपाली सेनाले परम्परागत पोशाकमा परेड प्रदर्शन पनि गर्नेछ।

प्रकाशित: २७ पुष २०७९ ७:३७ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast