प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्‍ने

हिमाल प्रेस २६ पुष २०७९ ९:३६ | Tuesday, January 10, 2023
प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्‍ने फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार सरकारलाई विश्‍वासकाे मत दिए पनि पार्टी प्रतिपक्षमा बस्न‍े भएको छ। खतिवडाले समाजवादी सशर्त विश्‍वासको मत दिन लागेकाे जानकारी दिए।

समाजवादीले लामो समयदेखि विश्‍वासको मत बारे निर्णय गर्न सकेको थिएन। पार्टीभित्र सरकारमा जाने विषयमा सहमति नभएपछि अघिल्ला बैठकमा पनि समाजवादीले निर्णय गर्न सकेको थिएन।

प्रकाशित: २६ पुष २०७९ ९:३६ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast