प्रधानमन्त्री प्रचण्डको सचिवालयमा ७ जनाले पाए जिम्मेवारी

हिमाल प्रेस ८ माघ २०७९ २०:४२ | Sunday, January 22, 2023
प्रधानमन्त्री प्रचण्डको सचिवालयमा ७ जनाले पाए जिम्मेवारी

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयमा ७ जनाले जिम्मेवारी पाएका छन्। जसमा प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरई नियुक्त भएका छन्। माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत रहेका उनी तत्कालीन माओवादी सेनाको डिभिजन कमान्डरसमेत थिए।

स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन्। उनीहरू यसअघि पनि प्रचण्ड निवास खुमलटारमा उनको स्वकीय सचिवको जिम्मेवारीमा थिए। मल्ल र दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन्।

यस्तै स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले जिम्मेवारी पाएका छन्। यसअघि पनि प्रचण्डका प्रेस संयोजक रहेका शर्माले अहिले पनि सोही जिम्मेवारीसमेत पाएका छन्। उनी माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टरका उपाध्यक्ष हुन्। उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले आइतबार नियुक्त गरेका हुन्।

प्रचण्डको स्वकीय सचिवालयले पूर्णता पाउन अझै बाँकी छ। प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत पदमा नियुक्ति गर्न बाँकी रहेको बताइएको छ।

प्रकाशित: ८ माघ २०७९ २०:४२ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast