प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यसरी हुँदैछ मतदानको तयारी

हिमाल प्रेस २६ पुष २०७९ १५:२१ | Tuesday, January 10, 2023
प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यसरी हुँदैछ मतदानको तयारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) विश्वासको मत लिँदैछन्। अहिले संसद् भवनमा मतदानको तयारी थालिएको छ।

सांसदहरूले प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मतदान गर्नेछन्। अहिले सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टीलगायत सात दलको समर्थन छ।

सरकारमा सहभागी नभएका दल कांग्रेस, नेकपा (एस) र लोसपाले पनि सरकारलाई विश्वासको मत दिने भएका छन्।

प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए।

प्रकाशित: २६ पुष २०७९ १५:२१ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast