प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

हिमाल प्रेस २९ पुष २०७९ ७:१५ | Friday, January 13, 2023
प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौँ- प्रदेश १ र गण्डकी प्रदेशका मुख्यममन्त्रीले आज विश्वासको मत लिँदैछन्।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन्। ६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि आजै विश्वासको मत लिँदैछन्। आज तीन बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन्। ३३ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री बनेका अधिकारीलाई विश्वासको मत पाउन सहज छ।

अधिकारीको पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ। तर राजीव गुरुङले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।

प्रकाशित: २९ पुष २०७९ ७:१५ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast