प्रदेश १ मा उपसभामुखको निर्वाचन आज, गठबन्धनबाट एमाले र कांग्रेसको उम्मेदवारी

हिमाल प्रेस ३० पुष २०७९ ७:५६ | Saturday, January 14, 2023
प्रदेश १ मा उपसभामुखको निर्वाचन आज, गठबन्धनबाट एमाले र कांग्रेसको उम्मेदवारी

काठमाडौँ- प्रदेश १ मा आज उपसभामुखको निर्वाचन हुँदैछ। यसका लागि बिहान ११ बजेपछि प्रदेशसभा बैठक बस्दैछ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुन्छ। पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ। सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्। एमालेबाट उपसभामुखमा उदयपुरकी समानुपातिक सांसद ४६ वर्षीया सिर्जना दनुवारले उम्मेदवारी दिएकी छन्।

प्रतिपक्षी दल कांग्रेसले पनि उदयपुरकै समानुपातिक सांसद ६२ वर्षीया लिलाकुमारी राईलाई उम्मेदवार बनाएको छ।
एमालेकी दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईं छन् भने राईको प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा ९एकीकृत समाजवादी० की विद्या चाम्लिङ राई समर्थक छन्।

 

प्रकाशित: ३० पुष २०७९ ७:५६ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast