प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

हिमाल प्रेस २८ पुष २०७९ १२:०० | Thursday, January 12, 2023
प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

इटहरी- प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्। आज बिहीबार बसेको प्रदेशसभा बैठकले माओवादी केन्द्रका गौतमलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।

सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे। लिखु गाउँपालिका–८ घर भई ओखलढुंगा १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४९ वर्षीय गौतमको प्रदेश सभामुखमा एकल उम्मेदवारी दर्ता भएको थियो।

उनी माओवादी पार्टीको विद्यार्थी राजनीति हुँदै पार्टीमा केन्द्रीय सदस्य छन्। प्रदेशसभा सदस्यमा निर्वाचित भएर पहिलो संसदीय अभ्यासमा नै उनले सभामुख बन्ने अवसर प्राप्त गरेका हुन्।

प्रकाशित: २८ पुष २०७९ १२:०० | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast