प्रतिनिधिसभाको रोस्टममा उभिएर योगेशले भने : यो संसद् पाँच वर्ष नै चल्छ

हिमाल प्रेस ५ माघ २०७९ १२:५९ | Thursday, January 19, 2023
प्रतिनिधिसभाको रोस्टममा उभिएर योगेशले भने : यो संसद् पाँच वर्ष नै चल्छ फाइल फोटो

काठमाडौँ- नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद योगेश भट्टराईले अहिलेको प्रतिनिधिसभा कार्यकाल पाँच वर्ष नै चल्ने ठोकुवा गरेका छन्।

उनले ‘निश्चित कोर्ष सक्न सञ्चालन भएको पाठशाला कोर्ष सकेपछि मात्र सकिने’ बताए। उनले अहिलेको परिस्थितिमा एमालेले सभामुख लिनु नौलो कुरा नभएको बताएका छन्। उनले आज प्रतिनिधिसभामा बोल्दै पुस १० भन्दा अगाडिको परिस्थितिमा आफूले कुनै पदमा दाबी नगरेको सुनाए।

‘सभामुख महोदय, पुस १० गते प्रचण्ड (पुष्पकमल दाहाल) प्रधामन्त्री बन्नुभन्दा पहिले हामीले कुनै पदमा दाबी गरेनौँ,’ उनले भने,‘तर, राजनीतिक परिस्थिति फेरियो। सोही कारण हामी यी पदमा दाबी गरिरहेका छौँ।’

उनले विपक्षी दलले सर्वसम्मत चुनिनु पर्ने बताएको प्रति जवाफ दिँदै विगतमा पनि कुनै पदमा सर्वसम्मत नभएको सम्झाए।

प्रकाशित: ५ माघ २०७९ १२:५९ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast