प्रतितोला सात सयले बढ्यो सुनको मूल्य

हिमाल प्रेस ६ माघ २०७९ ११:५१ | Friday, January 20, 2023
प्रतितोला सात सयले बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय पुगेको छ।

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला सात सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय छ।

यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० ले बढेर एक हजार तीन सय ७५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: ६ माघ २०७९ ११:५१ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast