प्रजातान्त्रिक युवा मोर्चाको अध्यक्षमा कटवाल

हिमाल प्रेस ३० पुष २०७९ १०:२२ | Saturday, January 14, 2023
प्रजातान्त्रिक युवा मोर्चाको अध्यक्षमा कटवाल

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कैलाश कटवाललाई पार्टीको भात्रृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको अध्यक्षमा मनोनित गरेका छन्। कमल थापा नेतृत्वको राप्रपा (नेपाल) बाट राप्रपामा फर्किएका कटवाललाई अध्यक्ष लिङ्देनले शुक्रबार नयाँ जिम्मेवारी दिएका हुन्।

कटवाल यसअघि राप्रपाकै युवक संगठनको केन्द्रीय उपाध्यक्ष रहिसकेका छन्। प्रजातान्त्रिक युवा मोर्चालाई देशका दुई ठूला दल नेपाल कांग्रेस र नेकपा एमालेका युवा संगठन तरुण दल तथा युवा संघ जत्तिकै प्रभावशाली बनाउने कटवालको भनाइ छ।

प्रकाशित: ३० पुष २०७९ १०:२२ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast