प्रचण्ड-ओलीबीच बालकोटमा भेटवार्ता

हिमाल प्रेस २७ पुष २०७९ २०:२६ | Wednesday, January 11, 2023
प्रचण्ड-ओलीबीच बालकोटमा भेटवार्ता फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बुधबार (आज) साँझ ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत पाएपछि ओलीसँग भेटवार्ता गरेका हुन्।

विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिएर सरकारको समर्थन गरेका छन्।

प्रकाशित: २७ पुष २०७९ २०:२६ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast