पोखरा विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

हिमाल प्रेस १ माघ २०७९ १८:२२ | Sunday, January 15, 2023
पोखरा विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

काठमाडौँ– पोखरामा भएको विमान दुर्घटनाप्रति पाकिस्तान सरकारले दुःख व्यक्त गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै पाकिस्तानको विदेश मन्त्रालयले घटनामा दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। पाकिस्तानले शोकाकुल परिवार र उनका आफन्तजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घटनामा पाकिस्तान सरकार र जनता नेपाल र नेपालीसँगै छौँ।’ आइतबार बिहान काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ ५०० विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो।

दुर्घटनाग्रस्त विमानमा ६८ यात्रु र चार जना चालक दलका सदस्य थिए। हालसम्म ६८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रकाशित: १ माघ २०७९ १८:२२ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast