पोखरा विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन् : जहाज उल्टोपाल्टो भएर बजारियो

हिमाल प्रेस १ माघ २०७९ १२:४४ | Sunday, January 15, 2023
पोखरा विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन् : जहाज उल्टोपाल्टो भएर बजारियो

पोखरा- पोखरा विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले विमान सेती खोचमा उल्टोपाल्टो भएर बजारिएको बताएका छन्। स्थानीय कृष्णप्रसाद बास्तोलाले विमान अनियन्त्रित भएर उल्टिएर दुर्घटना भएको बताएका छन्।

‘जहाज भुइँमा बजारिने बेलामा पूर उल्टिएको थियो,’ उनले भने, ‘दुर्घटनापछि एकदम ठूलो आवाज आएको थियो।’ अहिले शवहरू निकाल्ने क्रम जारी छ।

काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बेला विमानस्थल नजिकै सेती खोचमा विमान दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

विमानमा ६८ यात्रु र चालक दलका चार जना सदस्य थिए।

प्रकाशित: १ माघ २०७९ १२:४४ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast