पेट्रोलियम पदार्थको मूल्य घट्यो

हिमाल प्रेस २४ पुष २०७९ २०:३१ | Sunday, January 8, 2023
पेट्रोलियम पदार्थको मूल्य घट्यो फाइल तस्बिर।

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि मूल्य घटेको हो। नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यससँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ तय भएको छ। पेट्रोलियम पदार्थको मूल्यदर आइतबार मध्यरातबाट लागू हुने निगमले जनाएको छ। यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेकाले नेपालमा मूल्य यथास्थितिमा राख्ने निर्णय गरेको थियो।

प्रकाशित: २४ पुष २०७९ २०:३१ | Sunday, January 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast