पाठ्यपुस्तक छपाइका लागि निजी प्रकाशकलाई सूचीकरण हुन आह्वान

हिमाल प्रेस ८ माघ २०७९ १३:३६ | Sunday, January 22, 2023
पाठ्यपुस्तक छपाइका लागि निजी प्रकाशकलाई सूचीकरण हुन आह्वान

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेस गर्न सूचित गरेको छ। केन्द्रले सूचना जारी गर्दै पाठ्यपुस्तक अभाव हुन नदिन निजी प्रकाशन गृहलाई २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइका लागि सूचीकृत हुन आवेदन खुलाएको हो।

केन्द्रले सूचीकृत हुन चाहने मुद्रक तथा वितरकले आफ्नो प्रोफाइलसहित तोकिएको ढाँचामा माघ २१ गतेभित्र निवेदन पेस गर्न भनेको छ। केन्द्रका निर्देशक एवं सूचना अधिकारी डा. बाबुराम ढुंगानाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस २९ गतेको निर्णयका आधारमा कक्षा १ देखि ५ सम्म निजीलाई प्रकाशनका लागि आवेदन खुला गरिएको जानकारी दिए।

गत वर्ष १ देखि ३ कक्षा सम्मको मात्रै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिइएको निजी क्षेत्रलाई यसपटक १ देखि ५ कक्षासम्मकै पाठ्यपुस्तक छपाइ गर्न केन्द्रले आवेदन खुलाएको हो।

प्रकाशित: ८ माघ २०७९ १३:३६ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast