पाकिस्तानलाई लगानीको खाँचो : संयुक्त राष्ट्र संघ

हिमाल प्रेस २६ पुष २०७९ ६:१५ | Tuesday, January 10, 2023
पाकिस्तानलाई लगानीको खाँचो : संयुक्त राष्ट्र संघ

पाकिस्तान– पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्र संघका प्रमुखले आह्वान गरेका छन्। ‘पाकिस्तानलाई वर्षा र बाढीका कारण जे भयो त्यो कुनै पनि देशका लागि सहज हुन सक्दैन,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने।

गुटेर्रेसले एक दिवसीय कार्यक्रमको उद्घाटन गर्दै पाकिस्तानलाई बाढीबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह गरेका हुन्। सन् २०२२ को बाढीले पाकिस्तानमाको एक तिहाई भाग डुबायो, एक हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भयो र तीन करोड ३० लाखभन्दा बढी व्यक्तिलाई प्रभावित गराएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्मेलनमा आफ्नो देश ठूलो आवश्यकता पूरा गर्न ‘समयसँग संघर्ष गरिरहेको’बताएका छन्। ‘यो हाम्रो देशको इतिहासको नै सबैभन्दा ठूलो जलवायु विपत्ति हो,’ पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भने।

पाकिस्तानको पुनः उत्थान, पुनः निर्माण फ्रेमवर्कका अनुसार सोमबारको सम्मेलनमा आधिकारिक रूपमा प्रस्तुत गरिने पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्नेछ। पाकिस्तान सरकारले आफ्नो देशले आधा खर्च बेहोर्न बताउँदै बाँकी खर्चका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेको छ।

प्रकाशित: २६ पुष २०७९ ६:१५ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast