परराष्ट्रमन्त्री पौड्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता, भैरहवा–ढाका उडानबारे छलफल

हिमाल प्रेस १७ माघ २०७९ १६:३७ | Tuesday, January 31, 2023
परराष्ट्रमन्त्री पौड्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता, भैरहवा–ढाका उडानबारे छलफल

काठमाडौँ- परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आर्थिक, कूटनीतिक, सांस्कृतिकलगायत विषयमा छलफल भएको हो।

भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।

परराष्ट्रमन्त्री पौड्यालले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेशको ढाका हवाई उडानको पहल गर्न आग्रह गरिन्। जबाफमा राजदूत चौधरीले छलफल गरेर निर्णय लिने बताएका थिए।

भेटमा राजदूत चौधरीले श्रीलंकााको ७५औँ स्वातन्त्रता दिवसको अवसरमा सहभागी हुुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे।

प्रकाशित: १७ माघ २०७९ १६:३७ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast