पत्रकार कँडेल परिवारलाई एक लाख १० हजार सहयोग

हिमाल प्रेस १५ माघ २०७९ ८:४६ | Sunday, January 29, 2023
पत्रकार कँडेल परिवारलाई एक लाख १० हजार सहयोग

बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा पनि मृत्यु भएका सदस्य पत्रकार एन.वि. कँडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मृतक कँडेलको श्रीमती मञ्जु टण्डन कँडेललाई चेक हस्तान्तरण गरेका हुन्।

बुटवलस्थित ग्लाेबल अनलाइनका सम्पादक कँडेलकाे गत मंसिर २ गते सवारी दुर्घटनामा परी मृत्यु भएकाे थियाे।

महासंघ रुपन्देहीले सदस्यहरूका लागि दुर्घटना बिमा गरेको छ। दुर्घटना बिमामार्फत् कँडेललाई रकम सहयोग गरेको सचिव विनोद परियारले जानकारी दिए।

यसैगरी सोही अवसरमा केही समयअघि दुर्घटनामा परी घाइते भएका महासंघका सदस्य बसन्त बराललाई पनि उपचार सहयोग रकम प्रदान गरिएको थियो।

प्रकाशित: १५ माघ २०७९ ८:४६ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast