ओली महाभारतको कृष्ण र प्रचण्ड अर्जुन हुन् : वामदेव गौतम

हिमाल प्रेस २९ पुष २०७९ १५:४७ | Friday, January 13, 2023
ओली महाभारतको कृष्ण र प्रचण्ड अर्जुन हुन् : वामदेव गौतम वामदेव गौतम। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाका सांसद वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार एमाले अध्यक्ष केपी ओली भएको बताएका छन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक ओली भएको टिप्पणी गरेका हुन्।

मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाइ थियो। राष्ट्रियसभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिए।

‘यो स्थिति ल्याउनुमा जुन आजको स्थिति बिग्रेको छ भनिन्छ । त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ,’ उनले भने, ‘कृष्णलाई मुख्य मान्छन् तर धनुवाण चढाएर सबै समाप्त गर्ने त अर्जुन नै हो।’

गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बनेको भन्दै प्रचण्डलाई धन्यवादसमेत दिए। उनले सरकारलाई विश्वासको मत दिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे।

प्रकाशित: २९ पुष २०७९ १५:४७ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast