नेपाल पहिलेजस्तै शान्त र व्यवस्थित हुनुपर्छ : सहरी विकासमन्त्री पाण्डे

हिमाल प्रेस १२ माघ २०७९ १९:१२ | Thursday, January 26, 2023
नेपाल पहिलेजस्तै शान्त र व्यवस्थित हुनुपर्छ : सहरी विकासमन्त्री पाण्डे

चितवन– सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताएका छन्। श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी-नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा बिहीबारदेखि नारायणी नदी किनारमा सुरु भएको सांग-विराट-श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘यो भूमि पूर्ववत्रूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवान्सँग पुकार गर्छु,’ उनले भने। महायज्ञ हिन्दू धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उनको भनाइ छ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका-१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टंकनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशंकर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले यहाँको विकास र प्रवर्द्धनका बारेमा बोलेका छन्।

प्रकाशित: १२ माघ २०७९ १९:१२ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast