नेपाली सेनाको एकीकरण पदयात्रा कार्यक्रम समापन

हिमाल प्रेस २६ पुष २०७९ २१:२८ | Tuesday, January 10, 2023
नेपाली सेनाको एकीकरण पदयात्रा कार्यक्रम समापन

काठमाडौँ- ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २१ गतेबाट नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम गोरखा दरबारबाट सुरु भई धादिङ, नुवाकोट हुँदै मंगलबार हनुमानढोका पुगेको छ।

हनुमानढोका दरबारमा आयोजित विशेष समारोहमा उक्त कार्यक्रममा सहभागी फौजले गोरखाबाट बोकेर ल्याएको नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी-हाल बर्दबहादुर तथा सबुज) को झण्डा, नेपालको राष्ट्रिय झण्डा तथा दीपज्योति हस्तान्तरण गरेको थियो।

समारोहमा कार्यरथी उपरथी सागरबहादुर थापा, रथीवृन्द, अधिकृतहरुका साथै हनुमानढोका हेरचाह अड्डाहका पदाधिकारीहरु एवं राष्ट्रिय सेवादलका छात्रछात्राको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २६ पुष २०७९ २१:२८ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast