नेपाली क्रिकेट जोगाउने हो भने सन्दीपलाई पुनः कप्तानी दिनुपर्छ : अधिवक्ता घिमिरे

हिमाल प्रेस २९ पुष २०७९ १३:४८ | Friday, January 13, 2023
नेपाली क्रिकेट जोगाउने हो भने सन्दीपलाई पुनः कप्तानी दिनुपर्छ : अधिवक्ता घिमिरे फाइल तस्बिर

काठमाडौँ- अधिवक्ता सरोजकृष्ण घिमिरेले क्रिकेट विकासका लागि सन्दीप लामिछानेलाई पुनः टिमको कप्तानी दिनुपर्ने बताएका छन्।

शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपाली क्रिकेट जोगाउन पनि कप्तानी दिनुपर्ने बताएका हुन्।

‘सन्दीप निलम्बनमा परेको हो, कारबाहीमा होइन। जेलबाट छुटिसकेपछि पुनः उसलाई क्यानले कप्तानी दिनुपर्छ,’ उनले भने, ‘क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ । क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर नेपालको क्याप्टेन बनाउनुपर्छ।’

बलात्कार आरोपमा कारागार पठाइएका सन्दीपलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा छाड्ने आदेश दिएको छ। अहिले परिवारले धरौटी रकमको व्यवस्थापन गरिरहेको उनले बताए।

‘उच्च अदालतबाट फाइल जिल्ला अदालतमा गइसकेको छ । जिल्ला अदालतमा धरौटी जम्मा गरिसकेपछि जिल्ला अदालतको पत्र लिएर इन्टरनल प्रसेस (आन्तरिक प्रक्रिया) यहाँ आएर गर्नेछौँ,’ उनले भने।

प्रकाशित: २९ पुष २०७९ १३:४८ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast