नेपालमा पानासोनिक लाइफको पहिलो शोरुम

हिमाल प्रेस २८ पुष २०७९ १२:११ | Thursday, January 12, 2023
नेपालमा पानासोनिक लाइफको पहिलो शोरुम

काठमाडौँ- पानासोनिक लाइफ सोलुसन्स इन्डिया प्रालिले नेपालमा पहिलो शोरुम स्थापना गरेको छ। कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेसनलसँगको सहकार्यमा टेकुको तारा भवनमा शोरुम सुरु गरेको हो।

पानासोनिक लाइफ सोलुसन्स इन्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। पानासोनिक सोलुसन्स भारतको विद्युतीय निर्माण सामग्री (ईसीएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो।

ईसीएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ।

कम्पनीले मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (ईएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज र्‍याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने जनाएको छ।

यो पानासोनिक होल्डिङ कर्पोरेसन जापानको पूर्ण स्वामित्वको कम्पनी हो। यसले वायरिङ उपकरण जस्तै- स्वीच, केबुल, सकेट र सोसँग सम्बन्धित आवश्यक उपकरण, स्वीच गियर, कन्टक्ट पाइप, बक्स, सोलार प्रविधि, इन्भर्टरलगायत उत्पादन गर्छ। भारतमा यसको अनुसन्धान र विकास केन्द्रसहित २७ वटा शहरमा २९ कार्यालय छन्।

प्रकाशित: २८ पुष २०७९ १२:११ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast