नेपालमा पनि पानासोनिक लाइफ सोलुसन्सको सोरुम

हिमाल प्रेस २७ पुष २०७९ १७:०० | Wednesday, January 11, 2023
नेपालमा पनि पानासोनिक लाइफ सोलुसन्सको सोरुम

काठमाडौँ- पानासोनिक लाइफ सोलुसन्स इन्डिया प्रालिले नेपालमा पनि पहिलो अन्तर्राष्ट्रिय स्तरको इन्टेरियर सोलुसनको सोरुम स्थापना गरेको छ। कम्पनीले नेपालस्थित आधिकारिक विक्रेता रुक्मिणी इन्टरनेसनलसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औँ सोरुमको बुधबार उद्घाटन गरेको हो। पानासोनिक लाइफ सोलुसन्स इन्डियाले सन् २०२३ भित्र सार्क क्षेत्रमा ३१ सोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ।

पानासोनिक सोलुसन्स इन्डिया भारतमा विद्युतीय निर्माण सामग्रीको सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक मानिन्छ। कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ।

अत्याधुनिक उत्पादन डिजाइनसाथ सोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरु जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज र्‍याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दो क्रममा रहेकाले सोरुम सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।

पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाडौँंका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिष्कृत सुरक्षा, आराम र सुविधाको अनुभव प्रदान गर्ने उत्प्रेरकका रूपमा काम गर्ने कम्पनीको दाबी छ।

पानासोनिक लाइफ सोलुसन्स इन्डियाको साझेदार नेपालस्थित रुक्मिणी इन्टरनेसनलका आदित्य बुधियाले भने, ‘रुक्मिणी इन्टरनेसनल पानासोनिक लाइफ सोलुसन्स इन्डियाको नयाँ साझेदारीबाट निकै उत्साहित छ।’

प्रकाशित: २७ पुष २०७९ १७:०० | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast