नेपालमा कफी उत्पादन बढाउन बाहिरी देशबाट बीउ ल्याउनुपर्ने

हिमाल प्रेस ९ माघ २०७९ २१:४१ | Monday, January 23, 2023
नेपालमा कफी उत्पादन बढाउन बाहिरी देशबाट बीउ ल्याउनुपर्ने फाइल तस्बिर।

काठमाडौँ– नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन्।

पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको उनले उल्लेख गरे।

नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भए पनि अन्यदेशको तुलनामा अत्यन्तै कम भएको उनको भनाइ छ। नेपालमा अब व्यापार तथा निर्यातभन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले जनाए। नेपालमा कफी उत्पादन बढाउन बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने उनले बताए।

‘पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेको छ। तर कफी खेती बढे पनि उत्पादन भने ५० प्रतिशतले घटेको छ। नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर रहेको छ। अरू देशको तुलनामा नेपालको कफी उत्पादन कम हो,’ उनले भने, ‘नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा अन्य केही खेतीमा सुधार गरी उत्पादन र खेती बराबरी अवस्थामा पुर्‍याउनु पर्छ। नेपालमा खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरू वर्षैपिच्छे कम हुँदै गएको छ।’

प्रकाशित: ९ माघ २०७९ २१:४१ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast