नेकपा एस र माओवादीबीच औपचारिक संवाद सुरु

हिमाल प्रेस ८ माघ २०७९ २२:०१ | Sunday, January 22, 2023
नेकपा एस र माओवादीबीच औपचारिक संवाद सुरु

काठमाडौँ– नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच आइतबार (आज)देखि औपचारिक संवाद सुरु भएको छ। पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, दुई पार्टीका दस्तावेजहरू आदान प्रदान गरिएको छ।

निरन्तर संवाद सुरु भएकोले पार्टी एकताको बिन्दुसम्म यात्रा तय गरिएको छ। आजको संवादमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक डा. वेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता थियो।

माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एसका अध्यक्षसहित सबै सासंदले विश्वासको मत दिए पनि प्रचण्ड हाल नेकपा एमालेसँगको गठबन्धनमा रहेकाले यी दुई दलबीच झण्डै १ महिनादेखि सहकार्य टुटेको छ।

दुई पार्टीबीचको संवादले आपसी सहकार्य र एकताका विषयमा छलफलको वातावरण बनाउने दुवै दलका नेताहरूले बताएका छन्।

प्रकाशित: ८ माघ २०७९ २२:०१ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast