नेकपा एसले खनालको संयोजकत्वमा बनायो वैचारिक नीति निर्माण समिति

हिमाल प्रेस ४ माघ २०७९ २१:०० | Wednesday, January 18, 2023
नेकपा एसले खनालको संयोजकत्वमा बनायो वैचारिक नीति निर्माण समिति

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ।

यो समितिले पार्टी निर्माणको मूल दिशाबारे दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव डा.वेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन्।

यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन्। समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्ने बताइएको छ।

पार्टीको दस्तावेज मस्यौदा समितिले पार्टी केन्द्रीय कार्यालयमा बुधबार (आज) आयोजना गरेको कार्यक्रममा पार्टी जनसंगठनका अध्यक्ष र महासचिवहरू, विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव, विभिन्न कमिटी इञ्चार्जको संयुक्त छलफलबाट नेता खनालको संयोजकत्वमा समिति गठन गरिएको हो।

अध्यक्ष खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आफ्नो पार्टीले प्रष्ट वैचारिक नीति अवलम्बन गर्ने बताउँदै तत्काल नेकपा एमालेसँग एकता असम्भव रहेको बताए।

‘विद्रोहको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन,’ ५ जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहनत र संघर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै उनले भने।

पूर्वप्रधानमन्त्री चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

प्रकाशित: ४ माघ २०७९ २१:०० | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast