काठमाडौँ- नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ।
झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छ।
एमाले प्रदेश–१ इञ्चार्ज समेत रहेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
राष्ट्रियसभा सदस्य भने उनी २०५६ सालमै बनेका थिए। घिमिरे झापामा एमालेलाई स्थापित गर्न लामो समय मिहिनेत गरेका नेतामध्ये पर्छन्।
प्रकाशित: ३ माघ २०७९ १०:३५ | Tuesday, January 17, 2023
प्रतिक्रिया



