नेकपा एकीकृत समाजवादीको प्रथम जिल्ला सम्मेलन चैत ४ मा

हिमाल प्रेस १० माघ २०७९ ७:०४ | Tuesday, January 24, 2023
नेकपा एकीकृत समाजवादीको प्रथम जिल्ला सम्मेलन चैत ४ मा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ। सुकुटेमा सम्पन्न पाँचौँ पूर्ण बैठकले समाजवादीको केन्द्रीय नीतिअनुसार जिल्ला सम्मेलनको मिति तय गरेको हो।

सम्मेलन अगाडि जिल्लाभर विभिन्न कार्यक्रम गर्ने बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए।

उनले माघ मसान्तभित्र सबै वडामा भेला गरेर सङ्गठित सदस्यता अद्यावधिक गर्ने, फागनु १५ भित्र सबै पालिकाको भेला गर्ने, फागनु २६ गते जिल्ला सम्मेलनमा सहभागी हुने प्रतिनिधिको छनोट गर्नेलगायत बैठकले निर्णय गरेको बताए।

प्रकाशित: १० माघ २०७९ ७:०४ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast