निर्वाचन समीक्षा प्रतिवेदन तत्काल पेश गर्न कांग्रेस रुपन्देहीले गर्‍यो परिपत्र

हिमाल प्रेस १३ माघ २०७९ १९:३६ | Friday, January 27, 2023
निर्वाचन समीक्षा प्रतिवेदन तत्काल पेश गर्न कांग्रेस रुपन्देहीले गर्‍यो परिपत्र

बुटवल– नेपाली कांग्रेस रुपन्देहीले मंसिर ४ गतेको निर्वाचन समीक्षा प्रतिवेदन तत्काल बुझाउन निर्देशन दिएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन समीक्षा प्रतिवेदन तत्काल बुझाउन क्षेत्रीय समितीलाई परिपत्र गरेको हो।

निर्वाचनलगत्तै जिल्ला कार्यसमितीले क्षेत्रीय समितिमार्फत प्रदेश, नगर, गाउँपालिका हुँदै वडातहमा बैठक गरी प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदन जिल्लामा बुझाउनु पर्ने निर्णय गरेको थियो।

तर केही क्षेत्रबाट अझै पनि प्रतिवेदन नआएकाले शुक्रबार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले यही माघ मसान्तभित्र पठाउन निर्देशन गर्दै पत्राचार गरेको सचिव हरि काफ्लेले जानकारी दिए।

यस्तै कांग्रेस रुपन्देहीकासभापति रामकृष्ण खाणकोसभापतित्वमा बसेको बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमै गराउन र सफल बनाउन क्षेत्रीयसभापतिहरूको संयोजकत्वमा तयारी समितिसमेत गठन गरेको छ।

प्रकाशित: १३ माघ २०७९ १९:३६ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast