निर्वाचन समीक्षा कार्यदलले कमल थापालाई बुझायो प्रतिवेदन

हिमाल प्रेस ४ माघ २०७९ १२:४९ | Wednesday, January 18, 2023
निर्वाचन समीक्षा कार्यदलले कमल थापालाई बुझायो प्रतिवेदन

काठमाडौँ- राप्रपा नेपाल केन्द्रीय सचिवालयले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ले आज (बुधबार) आफ्नो प्रतिवेदन अध्यक्ष कमल थापासमक्ष पेस गरेको छ।

मंसिर ४ मा भएको निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलले बुझाएको प्रतिवेदन माघ ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ।

प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफलपछि कार्यान्वयन गरिने बताए।

कार्यदल संयोजक भण्डारीले प्रतिवेदन यथार्थपरक र व्यावहारिक बनाउन हरसम्भव प्रयास गरिएको बताए। उनले देशभरिका नेताकार्यकर्ताहरूको भावना समेटिएको तथा कमीकमजोरीबारे समेत यथेष्ट उल्लेख गरिएको बताए।

कार्यदलमा नेताहरू वसन्तमान सिंह अधिकारी, सुरेश आचार्य, माधव खत्री, नरप्रसाद थापा, यवती कार्की, हिक्मतसिंह भण्डारी, राजाराम बर्तौला ‘चुनेली’, उज्वल पोखरेल थिए।

प्रकाशित: ४ माघ २०७९ १२:४९ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast