नवलपरासीमा सवारी दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस २९ पुष २०७९ ९:४१ | Friday, January 13, 2023
नवलपरासीमा सवारी दुर्घटनामा एकको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालक मकवानपुरको मनहरि गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई पक्राउ गरेको छ।

प्रकाशित: २९ पुष २०७९ ९:४१ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast