नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

हिमाल प्रेस २९ पुष २०७९ १४:५३ | Friday, January 13, 2023
नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ- नबिल बैंक लिमिटेडको ३८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ।

नबिल बैंकले आव २०७८/७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ मुनाफा गरेको थियो। समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब नाघेको छ।

प्रकाशित: २९ पुष २०७९ १४:५३ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast