काठमाडौँ- धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्कीको शव भेटिएको छ।
गएको असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका कार्कीको शव फेला परेको हो।
हिमपात भएको बेला बेपत्ता कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए। उनको शव हेलिकप्टरमार्फत् पोखरा ल्याएर गाडीबाट काठमाडौँ ल्याइएको छ।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता थिए।
प्रकाशित: ५ माघ २०७९ ७:३२ | Thursday, January 19, 2023
प्रतिक्रिया



