धेरैले रुचाएपछि आभासले गाए ‘ए तारे भीर’

हिमाल प्रेस १० माघ २०७९ १८:०१ | Tuesday, January 24, 2023

काठमाडौँ- फिल्म ‘पानीफोटो’का गीत ‘ए तारे भीर’ पुरुष स्वरमा सार्वजनिक भएको छ। गीतमा संगीतकार आभासको स्वर रहेको छ।

गीत यसअघि गायिका बानिका प्रधानको स्वरमा सार्वजनिक भएको थियो। गीत धेरैले रुचाएपछि पुरुष संस्करण ल्याएको आभासले बताएका छन्।

‘गायिका बानिका प्रधानको स्वरमा धेरैले रुचाइएको गीत ‘मेल’ संस्करण पनि सुन्न सक्नुहुनेछ,’ उनले भने। गीतमा स्वरमात्रै होइन संगीत र शब्द पनि आभासकै छ।

खगेन्द्र लामिछानेको निर्देशन रहेको फिल्म गत साउन १३ मा प्रदर्शनमा आएको थियो। फिल्ममा मेनुका प्रधान, अनुप बराल, मलिका महत, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १० माघ २०७९ १८:०१ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast