धनुषामा पेस्तोलसहित दुई जना पक्राउ

हिमाल प्रेस १४ माघ २०७९ १७:०८ | Saturday, January 28, 2023
धनुषामा पेस्तोलसहित दुई जना पक्राउ सांकेतिक तस्बिर।

धनुषा– धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। मिथिला नगरपालिकास्थित विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरूलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिप्रका धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए।

उनीहरूको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

सो पेस्तोल भारतीय सीमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धानको कामलाई तीव्रता दिइएको पनि जनाएको छ।

प्रकाशित: १४ माघ २०७९ १७:०८ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast