दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

हिमाल प्रेस २ माघ २०७९ १२:३४ | Monday, January 16, 2023
दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो २०७९ माघमा पोखरामा भएको विमान दुर्घटना। काठमाडौँदेखि पोखराका लागि उडेको यति एयरको विमानमा ७२ यात्रु सवार थिए। फाइल तस्बिर

काठमाडौँ- आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ।

प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ। उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँचबुझ आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ।

आइतबार बिहान १०:३२ मा काठमाडौँबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो।

विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए। हालसम्म ६९ शव भेटिएकोमा ३६ जनाको पहिचान खुलेको छ।

प्रकाशित: २ माघ २०७९ १२:३४ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast