दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

हिमाल प्रेस ६ माघ २०७९ ८:०७ | Friday, January 20, 2023
दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

काठमाडौँ- रातको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ ।

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए। ‘ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ। त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ’, उनले भने।

चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा सवारीसाधन चलाउन कठिनाई हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सो अभियान थालेको हो।

अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बताउँछन्। सरकारले समर्थन मूल्य कायम गरेपछि अहिले यहाँका उखु किसान धमाधम उखु बिक्री गरिरहेका छन्।

प्रकाशित: ६ माघ २०७९ ८:०७ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast