दीपेन्द्रले गरे नयाँ फिल्म घोषणा

हिमाल प्रेस २६ पुष २०७९ ११:४७ | Tuesday, January 10, 2023
दीपेन्द्रले गरे नयाँ फिल्म घोषणा

काठमाडौँ- निर्देशक दीपेन्द्र लामा पछिल्ला समय निकै व्यस्त बनेका छन्। उनले एकपछि अर्को फिल्मको निर्देशन गर्ने जानकारी सार्वजनिक गरिरहेका छन्।

केही दिनअघि निर्देशक लामाले ‘नांगो गाउँ’ बनाउने घोषणा गरेका थिए। त्यसको एक साता नबित्दै उनले शीर्षक तय भइनसकेको नयाँ फिल्मको निर्देशन गर्ने जानकारी साझा गरेका छन्।

आफ्नै लेखन रहने फिल्मका लागि निर्माता हरि मल्ल ठकुरीसँग सम्झौता भएको लामाले बताएका छन्। ‘फिल्मको छायांकन ‘नांगो गाउँ’ पछि हुनेछ,’ उनले भने।

‘नांगो गाउँ’को छायांकन आगामी चैतबाट सुरु हुनेछ। हिमाल शर्माको निर्माण रहने फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङदेल मुख्य भूमिकामा रहनेछ।

लामाको निर्देशन रहेको पछिल्लो फिल्म ‘दुई नम्बरी’ सुपरहिट भएको थियो। त्यसअघि उनले ‘गोपी’, ‘घामपानी’, ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरेका छन्।

प्रकाशित: २६ पुष २०७९ ११:४७ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast