दाङमा सीता एयरको परीक्षण उडान सफल

हिमाल प्रेस १३ माघ २०७९ १६:४० | Friday, January 27, 2023
दाङमा सीता एयरको परीक्षण उडान सफल

काठमाडौँ– दाङको तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान सफल भएको छ। शुक्रबार मध्याह्न काठमाडौँबाट गएको १९ सिटे ९ ए-एजेएच कलसाइनको विमान १:३० बजे टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो।

विमानको अवतरण र उडान रनवेको दुवै दिशाबाट गरिएको थियो। दुवैतर्फबाट विमान अवतरण र उडान सफल भएको छ।

परीक्षण उडानको प्रतिवेदन आएपछि नियमित उडान गर्ने सीता एयरले जनाएको छ। २०११ सालमा बनेको विमानस्थलमा अहिले नेपाल वायु सेवा निगमको १९ सिटे टुइनेटर विमानले हप्तामा चार दिन काठमाडौँ-तुलसीपुर उडान गरिरहेको छ।

विमानस्थलको धावनमार्ग ७५० मिटर लम्बाई र ३० मिटर चौडाइको छ। धावनमार्ग छाटो भएका कारण ठूला विमान अवतरण नहुँदा भाडादरसमेत महँगो छ। निजी विमान सञ्चालन भएपछि भाडा घट्ने अपेक्षा गरिएको छ।
नेपाल एयरलाइन्सले दाङदेखि काठमाडौँको न्यूनतम ८ हजार ८१० रुपैयाँ र काठमाडौँदेखि दाङको भाडा न्यूनतम ९ हजार १० रुपैयाँ तोकेको छ।

प्रकाशित: १३ माघ २०७९ १६:४० | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast